काठमाडौं : उज्यालाे नेपाल अभियानका संयाेजक कूलमान घिसिङ प्रवासमा रहेका नेपाली समुदायसँग भेटघाट र अन्तरक्रियाका लागि अमेेरिका प्रस्थान गरेका छन् । आज विहान उनी अमेरिका प्रस्थान गरेका हुन् । उनले अमेेरिकामा रहँदा नेेपाली समुदायसँग नेपाललाई समृद्धिकाे उज्यालाेमा कसरी लैजाने भन्नेबारे छलफल गर्ने बताइएकाे छ ।
`आाज म अमेरिका, वेलायत र युरोपियन देशहरूको विभिन्न शहरहरूमा हुने विभिन्न कार्यक्रम तथा अन्तरकृया कार्यक्रमहरूमा सहभागी हुन र नेपाली डाएस्पोराका दाजुभाई तथा दिदीवहिनीहरूसंग प्रत्यक्ष भेटघाट तथा अनुभव साटासाट गर्न जांदैछु ´, उनले भनेका छन् । यसअघि उनी धेरै नेेपाली भएकाे मध्यपूर्वका देशहरू पुगि नेपालीहरूसँग अभियानका बारेमा जानकारी गराएका थिए ।
घिसिङले देशले नयाँ नेतृत्व खाेजेकाे बताइरहँँदा उनकाे स्वदेश र विदेश दाैडाहालाई महत्वका साथ हेरिएकाे छ ।



