काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेको छ । यस निर्णयले उनलाई राजनीतिमा आउन नदिने भएको छ । बुधबार मध्यरातमा सम्पन्न केन्द्रीय कमिटीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले याे निर्णयकाे विराेध गरेका थिए ।
पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् । ओलीले उक्त निर्णय सुनाउँदै गर्दा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले फरक मत राखेका हुन् ।
एमाले केन्द्रीय समिति बैठक भर्खरै सकिएकाे छ । भण्डारीले सक्रिय राजनीतिमा आउन भन्दै पूर्वराष्ट्रपतिकाे सेवा सुविधा त्याग गरिसकेकी छन्। आजै दिउँसाे निवासमा पत्रकारहरूसँग आफू माझ किराँतकाे छाेरी भएकाे भन्दै खुट्टा नकमाउने बताएकी थिइन् । विद्याकाे अबकाे मुभ के हुन्छ ? चासाेका साथ हेरिएकाे छ



