काठमाडौं : नेपालले श्रीलंकामाथि सहज जित निकालेकाे छ । मीना देउवाको ह्याट्रिकमा नेपालले साफ महिला यू–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सहज जित निकालेको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी भएको हो।
आजको खेलमा नेपाललाई जित दिलाइन मीनाले ह्याट्रिक पूरा गरिन्। नेपालसामु श्रीलंकाले कुनै गाेल फर्काउन सकेन ।



