काठमाडौं : सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । घुस प्रकरणमा अडियाे सार्वजनिक भएपछि गुप्ता विवादमा तानिएका थिए ।
राजीनामा दिँदै उनले आफूलाई निर्दाेष दाबी गरेका छन् । उनले आफू प्रविधिकाे शिकार भएकाे बताएका छन् ।
उनले लेखेका छन्-
बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्मानीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।
प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्म बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्टाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।



