
काठमाडौं : टाइब्रेकरमा चुक्दा नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुनबाट चुकेकाे छ । ३/३ काे बराबरीपछि नेपाल र उज्वेकिस्तानबिचकाे खेल टाइब्रेकरमा पुगेकाे थियाे । साे क्रममा नेपालकाेतर्फबाट २ खेलाडीकाे पेनाल्टी चुक्न पुग्याे ।
उज्बेकिस्तानसँग टाइब्रेकरमा चुक्दा नेपाल एसियन कपमा छनोट हुन सकेन । कप्तान साबित्रा भण्डारीको प्रहार बारमा लाग्यो र गोलकिपर अन्जना रानामगरको प्रहार विपक्षी गोलरक्षकले बचाइन् ।