काठमाडौंः एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा आज नेपालले घरेलु टोली उज्बेकिस्तानको सामना गर्दैछ । खेल उज्बेकिस्तानको तास्केन्तस्थित मिल्ली स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुुरु हुनेछ । समूह एफमा अपराजित रहेका दुवै टोली अन्तिम खेल जित्दै महिला एसियन कपमा छनोट हुने लक्ष्यमा छ ।

यस खेलको विजेता नै समूह विजेता बन अर्को वर्षमा मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ । त्यसैले दुवै टोलीलाई आजको खेल ‘डु अर डाई’को अवस्थामा छ । आजको खेल किन पनि रोमाञ्चक स्थितिमा छ भने समूह चरणको खेल भएपनि यो खेल पेनाल्टी सुटआउटसम्म पुग्न सक्छ ।

अहिलेसम्म दुवै टोलीले दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । त्यति मात्र होईन दुवैले समान १७ गोल गरेका छन् र गोल अन्तर पनि समान छ । दुवैले कुनै गोल खाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको