काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले संसद र बाहिर पार्टीका नेताहरू छाडा भएकोले कन्ट्रोल गर्नुपर्ने धारणा राखेका छन्। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सदन र बाहिर पार्टीका सांसदहरूले लक्ष्मणरेखाभन्दा बाहिर गएर बोल्ने गरेको बताए।

‘बागमती प्रदेशको बजेट छाडा रूपमा आयो। यसलाई कसरी ठिक बाटोमा लैजाने पार्टीले पनि एउटा मेकानिजम बनाउनुपर्छ, सदन र बाहिर पनि कतिपय नेताहरूले छाडा भएर कुरा उठाएका छन्, त्यसलाई कसरी कन्ट्रोल गर्ने पार्टीले पनि ध्यान दिनुपर्छ,’ उनले भने, ‘बजेट ल्याउने बेला पनि पार्टीले सांसदहरूसँग छलफल गर्नुपर्‍यो र सांसदहरूले पनि बोल्दा लक्ष्मणरेखा काट्न भएन।’

बजेटमाथिको छलफलको क्रममा विवादित ठेकेदार समेत रहेका कांग्रेस सांसद कान्छाराम तामाङ र विवादमा आइरहने मेडिकल व्यवसायी सांसद सुनिल शर्माले आफ्नै मन्त्रीको आलोचना गरेका थिए । तामाङले त संसदमा असंसदीय रुपमै आफूलाई प्स्तुत गरेपछि आलोचना खेपेका छन् । राणाले नाम नलिइकन तामाङ र शर्माको अभिव्यक्तिमा प्रश्न उठाएका हुन् ।

उनले कांग्रेस डिजिटल मिडिया क्याम्पेनमा कमजोर रहँदा पार्टीलाई क्षति पुगिराखेको बताए।

 उनले भने-
यसको असर भिजिट भिसा प्रकरणमै देखियो । कर्मचारीको गल्तीमा मन्त्रीलाई दोषी भन्ने न्यारेटिभ क्रिएट गरेको छ । यसमा हामीले केहि गर्न सकेनौं किनभने हाम्रो सोसल मिडिया डिजिटल मिडिया क्याम्पेन जिरो छ र यही किसिमले हामी अगाडी गर्ने हो भने अर्को चुनावमा हामीलाई समस्या पर्छ।

जबकी सहकारीमा रवि लामिछानेको संलग्नताको विषय अदालतले नै उठाइरहेको छ तर आममानसमा रविलाई फसाइयो भन्ने न्यारेटिभ बनाइएको छ । हाम्रो सोसल मिडिया डिजिटल मिडिया मिडियामा हाम्रो जुन उपस्थिति छ त्यही उपस्थितिको साथ यो अब हामी स्थानीय, र संसदीय निर्वाचनमा गयौं भने हाम्रो नतिजा अपेक्षित नहुनसक्छ ।

भ्रातृसंस्थाको अधिवेशन :

म पनि एउटा भात्री संगठनको अधिवेशन जिम्मा पाको व्यक्ति हुँ । मैले यसका लािग पार्टी सभापतिबाट सहयोग पाएको छु । पक्कै पनि अरु सबै भातृ संगठनका साथीहरुले पनि पाउनुभएको छ। यो भन्दा पहिला म नेपाल तरुण दलको केन्द्रिय अध्यक्ष पनि थिए। र मेरै नेतृत्वमा पोखरामा ०७३ सालमा हामीले अधिवेशन सम्पन्न गर्यौ। नौ दश वर्ष अगाडी तरुण दल छोड्दा खेरि सबै जिल्लामा तरुण दलको संगठन इन्ट्याक्ट थियो र विशेष गरेर हाम्रो पार्टी संगठनको निम्ति चुनावको निम्ति सबै भ्रातृ संगठन शुभेच्छुक संगठनको महत्व हुन्छ तर विशेष गरेर नेवि संघ, महिला संघ र तरुण दल यो पार्टीलाई अत्यन्तै आवश्यकता भएको संगठन हो । यी संगठनको अधिवेशन नभएका कारण यसको असर पार्टीलाई पनि पर्छ चुनावमा । अरुलाई दोष लाउनुभन्दा पनि हामीहरु सबै मिलेर भ्रातृ संगठनका नेतृत्व निर्देशन समितिका साथीहरु मिलेर अधिवेशन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर