मुकेश घिमिरे ।‘श्रीपेच हामी जलाउँछौ- देश हामी चलाउँछौं’ भन्दै चावहिलको सडकमा गणतन्त्र कि राजतन्त्र ? को मतपेटिका राखेर जनमत संग्रह गराएको योद्वा हो कुन्दन, निरंकुश राजतन्त्रको नाइके ज्ञानेन्द्रलाई कुकुर अभिनन्दन गराएर गणतान्त्रिक आन्दोलनको आगो सल्काउने विद्रोही हो कुन्दन, एकातिर शाही सेनाको बख्तरबन्द अर्कोतर्फ मुक्तिसेनाको आतंकको प्रताडित गर्भले जन्माएको गणतन्त्रको बिगुल बजाउने बिगुलवादक हो कुन्दन, मैले पढ्न जानुभन्दा अगाडी घट्टराज सरको क्याम्पसलाई ६२-६३ को आन्दोलनको शक्तिले चावहिल क्याम्पसको नयाँ परिचय बनाइदिएको मान्छे हो कुन्दन, बिधार्थी आन्दोलनको शरीरमा आत्मा जगाइराख्ने कुशल संगठक हो कुन्दन, दोलखाको जमिनमा लोकतन्त्रको पानीले सिचाइँ सम्भव छ भन्दै गत निर्वाचनमा ८ हजार भन्दा बढी अकल्पनीय मतान्तरले निर्वाचित प्रदेशसभा सदस्य हो कुन्दन ।

२/४ दिन यता सामाजिक सञ्जाल र भाट प्रयोग गरेर मिडिया ट्रायल मार्फत कुन्दन काफ्लेको इतिहास पखाल्न लाग्नेहरुले कुन्दन नचिनेर उसलाई पराजित गराउन गरिएको गलत प्रयत्न मात्र हो। हामीले देखेका छौं कुन्दन के हो ? के होइन ? कुन्दन कसैले कुण्ठाको आगो बाल्दैमा होइन, सकिए आफ्नै कमजोरीको क्रमिक निरन्तरताले सकिने हो।

एमालेका कार्यकर्तालाई कसरी सुहाउँछ कुन्दनले बुथ कब्जा गरेको जस्तै बजेट कब्जा गरेर गुण्डापन देखायो भन्न ? हिजो कैलाश ढुंगेलले के गरेका थिए बिर्सिएको ? आज विष्णु पौडेलले के गरेका छन नपढेको ?

 

बजेटमा भएका असमान वितरणको गल्तीको आलोचना गर्न पक्कै पाइन्छ तर योजना आयोगलाई मेरो क्षेत्रमा फलानो- फलानो योजना राख्नु भन्दै दबाब दिने प्रधानमन्त्री केपी ओलीका कार्यकर्तालाई विरोध गर्ने नैतिक तागत छैन्। बिआरआई जस्तो रणनितिक साझेदारीमा समेत राष्ट्रिय आयोजना माग्दा केपी ओलीले झापामा मदन भण्डारी विश्वविद्यालय,दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क, झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स माग्ने एमालेका कार्यकर्तालाई कसरी सुहाउँछ कुन्दनले बुथ कब्जा गरेको जस्तै बजेट कब्जा गरेर गुण्डापन देखायो भन्न ? हिजो कैलाश ढुंगेलले के गरेका थिए बिर्सिएको ? आज विष्णु पौडेलले के गरेका छन नपढेको ?

बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्ले

बजेटको समान वितरण संविधानको मर्म हो यसमा दुइमत छैन तर त्यो मर्म र संविधानको मर्यादा एक्लै कुन्दन काफ्ले मात्र पालना गर्दिनु पर्ने हो ? कसले देखायो आजसम्म त्यो समान वितरणको व्यवहार ? कमिसनको खेल भएको प्रपोगाण्डा मच्चाए पुग्ने हो कि प्रमाणित पनि गर्नु पर्ने हो ? प्रतिशोधको नाममा पत्रकारिताको हुर्मत नलिनुहोस, तपाइँको कुण्ठाले जित्दै गर्दा लोकतन्त्रले हार्नु कदापि ठिक होइन। आन्दोलनको नेता भएको कुन्दन काफ्लेलाई बाग्मती प्रदेश समृद्व बनाउने अभियानको नेता बनाउन खबरदारी र आलोचना मिसिएको स्वस्थ पत्रकारिता गर्नुहोला।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको