काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान सह्य नहुने बताएका छन् । आज संसदमा बोल्दै उनले शहिदमाथिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने चेतावनी दिएका छन् । संविधान, लोकतन्त्र, प्रणाली, उपलब्धि, संघर्ष र बलिदानको अपमान नगर्न पनि उनले सचेत गराए ।

‘राष्ट्रियताको प्रश्नमा प्रणालीको प्रश्नमा लोकतन्त्रको प्रश्नमा र म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘तर शहीद, शहीदप्रतिको अपमान, शहीदले दिएको बदिलानप्रतिको अपमान, विगतका संघर्ष र बलिदानको अपमान, प्रणाली, संविधानको अपमान सह्य हुन सक्दैन ।’ अहिलेको प्रणालीको रक्षा गर्नु र संविधानको रक्षा गर्नु एवं प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले ‘यस प्रणालीको रक्षा गर्नु, यस संविधानको रक्षा गर्नु, यो प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यसम्म पुर्‍याउनु अहिलेको सरकारको कर्तव्य भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको