काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बढि बजेट पाउने पाँच जिल्ला छोडेर बाँकी अर्को देशलाई भाडामा देउँ भनेपछि संसदमा ‘हंगामा’ भएको छ ।

उनको अभिव्यक्तिलाई लिएर विशेषगरी एमालेका साँसदहरुले आपत्ति जनाउँदै बोल्न दिन नहुने बताएपछि साँसद सिंह पनि प्रतिवादमा उत्रिएका थिए । सँगै सभामुख देवराज घिमिरेले डा. सिंहको अभिव्यक्तिलाई रेकर्डबाट हटाउन आदेश दिँदै विषय केन्द्रीत भएर अभिव्यक्ति दिन पटक पटक निर्देशन दिएका थिए ।
तर साँसद सिंहले सभामुख स्वतन्त्र हुनुपर्नेमा एमालेको नेता भएर पक्षपातपूर्ण व्यवहार गरेको, पक्षपातपूर्ण बजेट विनियोजन गर्नेलाई रुलिङ नगर्ने, तर स्वतन्त्र र साना दललाई अन्याय र पक्षपात गर्ने काम गरेको आरोप लगाएका थिए ।

एमालेका साँसदहरुको आरोपको प्रतिवाद गर्दै सिंहले यो देशलाई विकास हुन नदिने विगत ३० बर्षदेखि शासन गर्ने अहिलेका सत्ताधारी दल नै दोषी रहेको बताउँदै आफू कहिले पनि मन्त्री नभएकाले आफू दोषी नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको