काठमाडौं। साताकाे पहिलाे काराेवारकाे दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको