काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्र स्थापनामा जस्तै देश समृद्ध बनाउने अभियानमा पनि शेर्पा समुदायको भूमिका आवश्यक रहेका बताउनुभएको छ । नेपाल शेर्पा संघ संघीय कार्यसमितिको ७ओै राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

‘डेमोक्रेसी ल्याउन शेर्पा समुदायको महत्त्वपूर्ण भूमिका रहेको छ । देश समृद्ध बनाउने अभियानमा पनि शेर्पा समुदायको महत्त्वपुर्ण भूमिका रहोस् । शेर्पा समुदायले नेतृत्व गरोस् ,’उपप्रधानमन्त्री सिंहले भन्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र स्थापनापछि आदिवासी जनजातीसहितका विभिन्न समुदायले अधिकार प्राप्त गरेका चर्चा गर्दै उहाँले प्राप्त अधिकारको रक्षा गरेर थप अधिकारको खोजी गर्नुपर्ने धारणा राख्नुभयो । अहिले प्राप्त अधिकार कसैको दयामायाले नभई जनताको संघर्ष र बलिदानबाट प्राप्त भएकाले अधिकारसँगै सबैले जिम्मेवारी प्रति पनि सचेत हुनुपर्नेमा सिंहको जोड थियो ।

उपप्रधानमन्त्री सिंहले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुहुँदै आम जनतामा शेर्पा समदायको विशेषता उजागर गर्न सक्ने नेतृत्व चयन गर्न सुझाव पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको