
- रञ्जित कर्ण
देशभर विभिन्न दलका विद्यार्थी संगठनहरूले आन्तरिक चुनावहरू सम्पन्न गरिरहेका छन्। अखिल (क्रान्तिकारी) (नेकपा माओवादी केन्द्र) होस् वा अखिल (नेकपा एमाले) — दुवैले नयाँ नेतृत्व चयन गरी विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने दिशामा ठोस कदम चालेका छन्।
तर दुःखको कुरा, नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेवि संघ) मा भने ९ वर्षदेखि कुनै निर्वाचन भएको छैन। यसबीच तीनजना अध्यक्षहरू नियुक्त फेरिए, तर निर्वाचनको प्रक्रिया पुनः सुरु हुन सकेन।
अब समय आएको छ प्रश्न उठाउने: आखिर युवा पुस्तालाई निर्णायक बनाउन नेताहरू किन डराइरहेका छन्? तीन-तीनजना अध्यक्ष फेरिए पनि किन नेतृत्वले निर्वाचन गराउन सकेन? नियुक्तिबाट संगठन चलाउने परिपाटी कति समय टिक्छ? कांग्रेस नेतृत्वको ध्यान आफ्नै विद्यार्थी संगठनमा किन छैन? संगठनलाई बलियो बनाउने कुरा भाषणमा मात्र हो कि व्यवहारमा पनि लागू गर्ने सोच छ?
मैले नेतृत्व गरेको अन्तिम नेवि संघ निर्वाचन पछि यति लामो समयसम्म चुनाव हुन नसक्नु चिन्ताको विषय मात्र नभई नेतृत्वको असक्षमता र उदासीनताको प्रतिविम्ब पनि हो।
अब चुप बस्ने होइन, बोल्ने र दबाब दिने समय आएको छ।
(कर्ण नेविसंघका पूर्वअध्यक्ष हुन्)