
काठमाडौ । परराष्ट्र मन्त्रालयको आयोजनामा पहिलो कुटनीतिक फुटसल प्रतियोगिता (1st Diplomatic Cup) जेठ १५ र १८ गते बालुवाटार स्थित ढुकु स्पोर्ट्स हव्मा सञ्चालन भएको छ । काठमाडौँस्थित १० देशका राजदूतवास, सार्क सचिवालय र परराष्ट्र मन्त्रालयको दुई वटा टोली सहित कूल १३ टोलीले सहभागिता जनाएका छन् ।
सहभागी राजदूतावासहरू अष्ट्रेलिया, बङ्गलादेश, रसिया, भारत, जापान, स्विट्जरल्याण्ड, युएई, संयुक्त राज्य अमेरिका, नर्वे र चीन रहेका छन् । परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख श्री गेहेन्द्र राजभण्डारी र भारतीयका राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवद्वारा संयुक्तरूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
खेल कूटनीति ले (Sports Diplomacy) राष्ट्रहरूबीच व्यापक संलग्नता, आपसी नेटवर्किङ र सांस्कृतिक आदान–प्रदानको प्रभावकारी माध्यम हो, जसले मित्रता, समझदारी र सहकार्यलाई प्रवर्द्धन गर्छ । खेल मैदानले कूटनीतिक संवादलाई औपचारिकताको दायरा भन्दा बाहिर ल्याएर दीर्घकालीन कूटनीतिक सहकार्यको आधार तयार पार्दछ ।
सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरी लिग चरणको खेलहरू सम्पन्न गरिने, प्रत्येक समूहको विजेता सेमीफाइनलमा पुग्ने १० वटा खेलहरू जेठ १५ गते समम्पन्न हुने छ । नेपालमा पहिलो पटक यस्तो प्रकारको प्रतियोगिता आयोजना गरिएको प्रतियोगितमा विभिन्न देशका राजदूतावासका कर्मचारी र समर्थकहरूको आफ्नो राष्ट्रको समर्थनमा उत्साहजनक उपस्थिति रहेको बालुवाटारस्थित ढुकु स्पोर्ट्स हव् अनौपचारिक कुटनीतिक माहोलमा डुबेको अभास हुन्छ ।