काठमाडाैं : संविधानविद् विपिन अधिकारीले अफ्ताव आलमलाई सफाइ दिने उच्च अदालतका दुवै न्यायाधीश असल र सक्षम रहेकाे बताएका छन् । आलमलाई जिल्ला अदालतले गरेकाे आजिवन कारावासकाे सजाय उल्टाउँँदै बुधबार उच्च अदालतले आफलाा सफाइ दिएकाे थियाे । साे फैसलालाई लिएर सामााजिक सञ्जालमा टिकाटिप्पणि भइरहँदा कानुनका जानकार अधिकारीले मध्यरातमा आफ्नाे फेसबुकवालमा स्टाटस लेखेेका छन् ।

उच्च अदालत विरगञ्जका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएका हुन् ।

उनले लेखेका छन्-

मोहम्मद आफताब आलमको केसमा धेरैको चित्त बुझेको छैन। सरकारी एटर्नीहरूले आफ्नो तहकिकात तथा अनुसन्धानमा कहाँ कमि भयो वा सफाईका आधारमा कमजोरी भए अगाडि के गर्न सकिन्छ पुनः हेर्नु पर्ने हुन्छ। तर सुनबाई गर्ने दुबै न्यायाधीशहरू असल तथा सक्षम मानिन्छन। मनमा जे भए पनि चश्मदीद साक्षी, दशी प्रमाण तथा प्रष्ट आधारको अभावमा कसैलाई अपराधी ठहर गर्न सकिँदैन। यति विभत्स हत्याका पिडित तथा परिवार प्रति कसको श्रद्धा नहोला? तर जथाभावी आलोचना गरिदिँदा न्यायागर्नेको मनोबल झर्ने तथा त्यसबाट न्याय प्रणालीलाई पर्ने प्रभावको सबैलाई हेक्का हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको