काठमाडौं। नेपाली कांग्रेसका नेता एनपी साउदले जनकपुर र अयोध्यालाई सांस्कृतिक रूपमा जोड्न सकिए लाखौँ भारतीय नागरिकहरू धार्मिक पर्यटकका रूपमा नेपाल आउने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा शनिबार आयोजित ‘महोत्तरी महात्म एक दिवसीय वैचारिक, सांस्कृतिक तथा ऐतिहासिक संवाद–विचार उत्सव’मा उनले धार्मिक पर्यटन प्रवद्र्धनका लागि जनकपुर र अयोध्यालाई जोड्नुपर्ने बताए ।

‘हामीले जनकपुर र अयोध्यालाई सांस्कृतिक रूपमा जोड्न सक्यौँ, टे«न चलाउन सक्यौँ भने लाखौँ भारतीयहरू प्रति वर्ष नेपाल आउँछन्,’ नेता साउदले भने, ‘यो पनि धेरै ठूलो कुरा हुन्छ । पशुपति जान्छन् धेरै ठूलो कुरा हुन्छ । त्यस कारण यो ठाउँको धेरै ठूलो महत्व छ ।’

नेपाल–भारत मैत्री युवा संघ तथा संवाद फाउन्डेसनद्वारा संयुक्त रुपमा आयोजित एक दिवसीय उत्सवमा उनले पौराणिक पात्र राम–सीता कुनै एउटा भूगोल र धर्मका मात्र नभएका पनि बताए ।

‘सीता माता–भगवान राम भनेका एउटा भूगोल, एउटा धर्मका मात्र होइनन् । उनीहरू पुरूषोत्तम हुन्, सम्पूर्ण मानवताका हुन्, मानवताको मुक्तिका संवाहक हुन्,’ नेता साउदले भने ।

पूर्वपरराष्ट्रमन्त्री साउदले पुरूषोत्तम रामले आफ्ना बुवाको आदेशलाई खुशी साथ स्वीकार गरेर १४ वर्ष बनबास जान तयार प्रसंग पनि स्मरण गरे । ‘आफ्नी श्रीमती, अर्काकी श्रीमतीलाई कसैले बलपूर्वक खोसेर लग्यो भने महिला सम्मानका लागि, इज्जतका लागि, प्रतिष्ठाका लागि युद्ध हुन सक्छ र युद्ध लडेर पनि प्रतिष्ठाको संरक्षण गर्नु पर्दछ भन्ने मान्यता भगवान रामले स्थापित गरे,’ उनले महाभारत स्मरण गर्दै भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर