काठमाडौ : नेकपा एमालेका नेता महेश बस्नेतले कांग्रेस सांसद माेहन बस्नेतकाे सांसद पद निलम्बन पछि साे बारे प्रतिक्रिया दिएका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले भ्रष्टाचार मुद्दा लगाएपछि उनले साे घटनाले संवैधानिक निकाय राजनीतिक पूर्वाग्रहमा चलेकाे आराेप खण्डन भएकाे बताएका हुन् ।

महेश बस्नेतले फेसबुकमा लेखेका छन् –
कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेत सहित १५ जना र सम्बन्धित कम्पनी उपर ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँको बिगो माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा संलग्न भएको अभियोगसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भ्रष्टाचारमा दोषी कि निर्दोष भन्ने फैसला विशेष अदालतले गर्नेछ।
तर, यो मुद्दाले “संवैधानिक निकायहरू राजनीतिक पूर्वाग्रहमा चलेका छन्” भन्ने आरोपलाई खण्डन गरेको छ।

सत्य तथ्य उजागर होस्। कानूनी प्रक्रिया निष्पक्ष र पारदर्शी होस्।

घटना के हाे ? 

कांग्रेस सांसद मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर भयाे । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब २१ करोड बढी बिगो माग दाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

टेरामक्स प्रकरणमा मुछिएका सांसदद्वय कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका गोकुल बाँस्कोटा तथा पूर्व मुख्यसचिव वैकुण्ठ अर्याललगायतलाई भने अख्तियारले मुद्दा लगाउन नपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर