काठमाडौं : आइतबार सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले पूर्वराजा ज्ञानेन्द्र शाह शितल निवासमै नजरबन्दमा परेकाे भन्दै हाेहल्ला मच्चाए । तर, शितल निवास स्राेत ती अबरमा सत्यता नभएकाे बताउँछ । राजसंस्था पक्षधरहरूले त्यस्ता खबरकाे खण्डन गरेका छन् ।
`राजा ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको भन्ने केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेको विषयमा कुनै सत्यता छैन । आन्दोलन विरोधीहरुले फैलाएको सुनियोजित भ्रममा कोही नपरौं।
सरकारका जिम्मेवार निकायले तुरुन्त खण्डन गरोस् ´, राजसंस्थावादी पार्टी राप्रपाका प्रवक्ता माेहनकुमार श्रेष्ठले फेसबुकमा लेखेका छन् ।
उसाे त तीनकुने घटनालगत्तै शाहलाई नजबरबन्दमा राख्ने र पक्राउ गर्ने माग संसदमै उठेपनि सरकारले त्यसकाे आवश्यकता ठानेकाे थिएन । अहिले पक्राउकाे खबरलाई सरकारकाे कुनै निकायले पनि पुष्टि गरेका छैनन् ।आज शाही युवा शक्तिका अध्यक्ष अनिल बस्नेत भने पक्राउ परेका छन् ।



