धादिङ: उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले
३ कराेडभन्दा माथिकाे याेजना मात्र संघीय सरकारले अघि बढाउने गरि छलफल भइरहेकाे बताउनुभएकाे छ । खनियाबास गाउँपालिकाकाे प्रशासकीय भवन शनिवार उद्घाटन गर्दै उहाँले ३ कराेड भन्दा मुनिका याेजना प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने गरि छलफल भइरहेकाे बताउनुभयाे । उहाँले स्राेत सुनिश्चितता नभई याेजना मात्र राताे कितावमा राख्दा कार्यान्वयन हुन नसकेकाे भन्दै स्राेत सुनिश्चितता गरेर याेजना अघि बढाउनुपर्नेमा सरकारकाे जाेड रहेकाे बताउनुभयाे ।

`अघिल्लाे वर्ष संघीय सरकारले ७ हजार याेजना अगाडि बढाएकाेमा ०८१/८२ काे बजेटमा अन्तिम समयमा ११ हजार नयाँ याेजना थप गरियाे । तर स्राेत सुनिश्चितता नभएका याेजना कहाँ कार्यान्वयन हुन्छ ? याेजना पार्दिएकाे छु भनेर खुशी पार्न त काम लाग्ला । काम हुँदैन । राताे कितावमा आएर मात्र त स्राेत सुनिश्चितता नगरि भएन नी ?´ उहाँले भन्नुभयाे,´त्यसकारणले गर्दा अहिले छलफल चलिरहेकाे छ । संघीय सरकारले ३ कराेड भन्दा माथिकाे याेजना अघि बढाउने ।त्याे भन्दा मुनिकाे स्थानीय र प्रादेशिक सरकारले गर्ने ।´ उहाँले विकास निर्माणबाे काममा जनता र जनप्रतिनिधि मिले केही पनि असम्भव नरहेकाे भन्दै विकासमा तीनै तहकाे सरकारले हातेमालाे गर्नुपर्ने धारणा राख्नुभयाे ।


त्यस्तै उहाँले राजनीतिक स्थीरता र स्थायीत्वकाे जगमा विकास र समृद्धिका लागि अहिलेकाे सरकार प्रतिवद्द रहेकाे पनि बताउनुभयाे ।
संविधानकाे अनुसूची अनुसारकाे अधिकार प्रदेश र स्थानय तहमा छिट्टै पुर्याएर संविधानकाे कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा पनि सिंहले जाेड दिनुभयाे ।प्रशासकीय भवनले गाउँपालिकाकाे सेवा प्रवाह सहज र प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको