गायक बासुदेव मिश्र र गायीका मन्दिरा मिश्रको स्वर रहेको गीत ‘बाचा गर माया’ सार्वजनिक भएको छ ।

यस गीतको म्युजिक भिडियो ‘उनको आफ्नै युट्युब च्यानल देवासु अफिसियल बाट सार्वजनिक गरिएको हो । गीत नेपालको भुगोल सुहाउँदो तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा नेपालको ग्रामिण परिवेष र बेरोजगारीको अवस्थालाई देखाउन खाजिएको छ ।

गीतको शब्द लेखन र संगीत गायक बासुदेव मिश्र आफैँले गरेका हुन् । मिलन श्रेष्ठले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा जुना थापा र स्वयम् मिश्रको अभिनय रहेको छ ।

भिडियोको सम्पादन र रङ्ग संयोजन निर्देशक श्रेष्ठले नै गरेका छन् । गायक मिश्र सशस्त्र प्रहरी बलमा प्रहरी निरिक्षक पदमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको