काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आजै छुट्ने भएका छन् । उनलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको बताइएको छ । बुधबार सर्वोच्च अदालतको मुद्दा शाखाबाट उनलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई भने पक्राउ गरेर हिरासतमा राखिएको छ ।
उनले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् । विष्टको पत्रका कारण प्रहरीले आज राष्ट्रियसभा गृहबाट चौधरीलाई पक्राउ गरेको थियो ।



