काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले अब गाेकर्णेश्वर नगरवासीले मेलम्चीकाे पानी खान पाउने बताएका छन्।
उनले यसअघिबाटै गरिरहेकाे पहल सफल भएकाे भन्दै यस्ताे जानकारी दिएका हुन्।
यसअघि सुन्दरीजलकाे पानी खाँदै आएकाेमा अहिले अपर्याप्त भएकाे भन्दै अब मेलम्चीको पानी नगरवासीकाे घरघरमा पुग्न बताए। मेलम्चीको पानी आज सुन्दरीजलकाे पाइपलाइनमा जाेडिएकाे छ। मेलम्चीको पानी आएसँगै अब गाेकर्णमा खानेपानीको समस्या हल हुने मेयर रिसालले बताए।



