
काठमाडौं : सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापाविरूद्द डेढ अर्ब भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनीविरुद्ध डेढ अर्ब बिगोसहित कायम गरी सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । उनीविरुद्ध यसअघि नै भ्रष्टाचारलगायतका मुद्दापरेपछि निलम्बित छन् ।
थापा र उपमेयरसहित ककसलाई मुद्दा ?
वन तथा वातावरण मन्त्रालयले थापाविरुद्ध १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ बिगो कायम गरेर मुद्दा दायर गरेको हो। थापासहित उपमेयर लीलाकुमारी माेक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मथुर चौधरीलाई पनि प्रतिवादी बनाइएको छ।
सरकारको स्वीकृति बिना सर्लाहीको बागमती नगरपालिका ४ र १२ स्थित सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको मूर्तिया सेक्टरअन्तर्गत कमैया क्षेत्रको वन क्षेत्रमा गैरकानुनी रूपमा करिब १७३।०० हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमण गरी बागमती माछा पोखरी ९भरत ताल० निर्माण भएको थियो।
उनीहरूको मिलोमतो ताल वरिपरि बाटो र अन्य संरचना निर्माणको क्रममा ठूलो परिमाणमा वन पैदावार ९ढुंगा, गिट्टी, बालुवा, माटोलगायतका नदीजन्य पदार्थ० अवैध रूपमा उत्खनन गरी निकासी गरेको आरोपपत्रमा उल्लेख छ। आरोपपत्रका अनुसार मूर्तिया सेक्टरअन्तर्गत कर्मैया क्षेत्रको वन क्षेत्रभित्र करिब ८१५।२० हेक्टर वन क्षेत्र कृषि क्षेत्र, बस्ती क्षेत्र आदीको रूपमा समेत वन अतिक्रमण भएको पाइएको छ।
उनीहरूविरुद्ध पाँच वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्मा जरिवाना वा दुवै सजायको मागदाबी गरिएको छ। राष्ट्रिय वनमा समावेश गरी सो जग्गामा बनाइएको घर वा छाप्रो र प्रयोग भएका मेसिनरी औचार साधनसमेत जफतको माग गरिएको छ। मिलोमतोमा माछा पोखरीबाट ४७००२८५। १६६ घनमिटर वन पैदावार ९ढुंगा, गिट्टी, बालुवा, माटोलगायतका नदीजन्य पदार्थ० कानुनविपरीत उत्खनन गरी अन्यत्र बिक्री वितरण र अन्य संरचनामा प्रयोग गरेको अभियोग पनि उनीहरूमाथि लगाइएको छ।