काठमाडौं : शंखरापुर नगरपालिकामा अहिले अनाैठाे दृश्य देखिन्छ । एउटा नगरमा एकजना प्रशासकीय अधिकृतकाे दरबन्दी छ । तर, राेचक के छ भने हाल यहाँ दुईजना प्रशासकीय छन् ।
सरूवा भइसक्दा पनि अमृत कुमार धितालले ठाउँ छाडेका छैनन् ।
जसले गर्दा प्रमुख प्रशासकीय अधिकृत बनेर गएका चुरामणि पन्थी अलपत्र परेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना तथा प्रविधि विभागमा कार्यरत उपसचिव पन्थीलाई शंखरापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो। तर, उक्त नगरपालिकाबाट सरूवा भइसकेका प्रमुख प्रशासकीय धितालले ठाउँ नछाडेपछि पन्थी अलपत्र परेका हुन्। शंखरापुर पुगेका पन्थी १ महिनादेखि अलपत्र परेको पाइन्छ।

प्रमुख प्रशासकीय अधिकृत धितालले ठाउँ नछाडेपछि उनको विरोध हुन थालेको छ। उनको कार्यशैलीलाई लिएर नगरपालिकाभित्र समेत असन्तुष्टि सुनिन थालेको छ। मन्त्रालयले पठाएका उपसचिव पन्थीलाई ठाउँ नछाडेपछि जनप्रतिनिधिहरूले आक्रोश पोख्न थालेका छन्। तर, धिताल टसमस भएका छैनन्।

उनी शंखरापुरको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा लिसो टाँसिएझै टाँसिएर बसेको भन्दै आलोचना भइरहेकाे छ । उनी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा पनि विवादमा तानिएका थिए। अहिले शंखरपुरमा पनि उनी विवादमा परेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको