काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताएका छन् ।

वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले आज यहाँ आयोजना गरेको ३०औँ वन्यजन्तु सप्ताह कार्यक्रममा उनले संरक्षण क्षेत्रले अब आफैँ राजस्व संकलन गरी आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिए । मन्त्री शाहीले भने, “पछिल्लो समय वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्व र व्यवस्थापनको चुनौती बढेको छ । यसलाई व्यवस्थापन गरी न्यूनीकरण गर्न वन मन्त्रालयसँगै अन्य निकाय र सरोकारवाला सबैको सहयोगको अपेक्षा गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको