काठमाडौं । नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी–२० सिरिजमा विजय हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा कुवेतले नेपालमाथि तीन रनको जित हात पारेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सफल भएको छ।

यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । टी–२० मा कुवेतले पहिलोपल्ट नेपाललाई पराजित गर्न सफल भएको हो। यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई ६ र ७ विकेटले पराजित गर्दै आफ्नो दबदबा कायम राखेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको