रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा राजीव रंजन यादव निर्वाचित भएका छन्। पूर्व मेयर समेत रहेका यादवले आफ्नो प्रतिद्वन्दी पूर्व जिल्ला अध्यक्ष श्याम बिहारी यादव भन्दा ६६ मत बढि ल्याएका थिए । उनले १९६ मत ल्याई बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी श्याम विहारी  १३० मत ल्याएका हुन्।

निर्वाचन अधिकृत नागेन्द्र प्रसाद पटेलका अनुसार उपाध्यक्षद्वयमा पारस भण्डारी र अमरुल हक  बिजयी भएका छन्। दुई जना उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन। जसपा नेपाल रौतहटको सचिवमा  शम्भू प्रसाद यादव र सह सचिवमा दीपेन्द्र पटेल  र उपेन्द्र राय निर्वाचित भएका छन्। पार्टीको कोषाध्यक्षमा बृज मोहन साह निर्वाचित भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटले जनाएको छ।

जसपा नेपाल रौतहटका नव निर्वाचित अध्यक्ष यादवले आफू संगठन बलियो बनाउन सक्रिय भुमिका निर्वाह गर्ने बताए। यस अघि पार्टीमा भएका कमि कमजोरीलाई सच्चाएर अगाडि बढने उनको तर्क छ। जसपा नेपाल रौतहटको नयाँ नेतृत्व चयनका लागि कुल मतदाता संख्या ३ सय ४३ रहेकोमा ३ सय २९ जनाले  मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको