काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आउँदै गरेको वर्ष ०८२ सबै नेपालीका लागि अघिल्ला वर्षहरुभन्दा राम्रो होस् भन्दै शुुभकामना दिनुुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुुभकामना आदान प्रदान एवम् भित्तेपात्रो विमाृचन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शुुभकामना व्यक्त गर्नुभएको हो ।

‘नयाँ वर्ष सबैका लागि राम्रो होस् । सबै नेपाली आमाबुुबा, दाजुुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्दछुु । सबै जीवन सहज रुपमा अघि बढोस्,’ उहाँले भन्नुभयो,‘ वितेका वर्षमा आशा गरे अनुसार गर्न नसकेका कामहरु सम्पन्न गर्नका लागि हामी सबैलाई सफता मिलोस् । नेपालको राष्ट्रिय राजनीतिमा स्थीरताका लागि सरकारले काम गरिररहेको छ । जीवन र जिविकोपार्जन सहज बनाउन सरकारले काम गरिररहेको कुरा पनि भन्न चाहन्छु ।’ उहाँले नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकास हा्से भन्दै उहाँले वर्ष ०८२ नेपाल र नेपाली जनताका लागि वर्ष ०८१ भन्दा राम्रो बन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भित्तेपात्रो विमोचन पनि गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री सिंहले आफ्नो निर्वाचन क्षेत्रका कांग्रेस नेता,कार्यकर्ताहरुसँग शुभकामना आदान प्रदान गर्दै सबैमा सुख,शान्ति र समृद्धिको कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको