काठमाडौं : नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। इन्जिनियर तेन्जिङ शेर्पाको अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथि थिए। अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नव निर्वाचित कार्यसमितिको अध्यक्ष बलराम गुरुङ रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा दावा शेर्पा चयन भएका छन्। उपाध्यक्षहरूमा दान बहादुर चन्द, सोनाम लामा, राधा कुमारी पन्त रहेका छन्। महासचिवको जिम्मेवारी सुकुमान बोम्जनले सम्हाल्ने भएका छन् भने सचिवहरूमा आशिष लामा र विवश योञ्जन चयन भएका छन्। कोषाध्यक्षको रूपमा राजेश कुमार रायमाझी चयन भएका छन् भने सह-कोषाध्यक्ष ङिमा जाङ्बो शेर्पा रहेका छन्।

सदस्यहरूमा नरहरि थापा, कृष्ण मान प्रजापति, नाम्लाङ तेन्जिङ, सुरेश लामा, पुष्प रत्न महर्जन, भिम वहादुर तामाङ, लमिन माया लामा, डोल्मो बम्जन, कृष्ण बिक्रम शाह, आङ दोर्जे शेर्पा चयन भएका छन्।

उत्कृष्ट कम्पनी र व्यक्तित्व सम्मान
कार्यक्रमको मुख्य आकर्षण गलैंचा उद्योगमा योगदान पुर्याउने विभिन्न कम्पनीहरू र व्यक्तिहरूको सम्मान थियो। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका कम्पनीहरू र दक्ष व्यक्तित्वहरूलाई विशेष अवार्ड प्रदान गरियो।

उत्कृष्ट निर्यातकर्ता अवार्ड कसले पाए ? 

थर्ड आइ इन्टरनेशनल

द सङ्ग्रिला कार्पेट इन्डस्ट्रीज एन्ड ह्यान्डिक्राफ्ट्स

ग्याल्छेन रग इन्डस्ट्री

उत्कृष्ट उत्पादक अवार्ड

लक्ष्मी कार्पेट

एच एम कार्पेट उद्योग

टिपेन कार्पेट उद्योग

उत्कृष्ट बुन्कर अवार्ड

मङ्गली तामाङ

नजरे लोप्चन

शान्त कुमार श्रेष्ठ

उत्कृष्ट बुन्करहरूलाई सम्मानस्वरूप रु. १०,००० नगद पुरस्कार समेत प्रदान गरिएको थियो। यी बुन्करहरू दशकौँदेखि गलैंचा उद्योगमा सक्रिय रहँदै आएका छन्। उनीहरू जस्ता बुनकरहरुको सीप र परिश्रमले नेपाली गलैंचालाई अन्तर्राष्ट्रिय बजारमा उच्च स्थान दिलाएको छ। नेपाली गलैंचाको मुख्य विशेषता नै यसको हस्तकला (ह्यान्डिक्राफ्ट) हो। जुन हस्तनिर्मित डिजाइन हो । हस्तनिर्मित डिजाइनका कारण नेपाली गलैंचा विश्वभर प्रख्यात छ।

यस सम्मानले नेपाली हस्तकला उद्योगमा संलग्न श्रमिकहरूको प्रेरणा बढाउने विश्वास गरिएको छ।

कार्यक्रमका अध्यक्ष इन्जिनियर तेन्जिङ शेर्पाले आफ्नो कार्यकालमा संघमार्फत उद्योग व्यवसायको प्रवर्द्धन, नेपाली उत्पादनको संरक्षण प्रवर्द्धन, र राष्ट्रिय प्रमुख नीतिनिर्माताहरुसमक्ष आवाज पुर्याउँदै आएको बताए।

साथै नेपाली गलैचा उद्योगमा कामदारहरुको संरक्षणको आवश्यकता, नेपाली गलैचा उद्योगकोउत्पादन लागत,नेपाली गलैचा उद्योगलाइ प्रदान गर्ने भनिएको नगद अनुदान र सो को प्रक्रिया , एलडीसी ग्रेजुएशन र नेपाली गलैंचा उद्योगलाई सरकारले हेर्ने दृस्टीकोण जस्ता चुनौतीहरु नेपाली गलैंचा उद्योगमा जारी रहेको पनि बताए।

नव नियुक्त अध्यक्ष बलराम गुरुङले आफ्नो मन्तव्यका क्रममा नेपाली गलैंचा उद्योगको विगत, वर्तमान र चुनौतीहरूबारे आफ्ना भनाइ राखे। ´ नेपालको गलैंचा उद्योगको इतिहास गर्विलो रहेकाे भन्दै विगतमा, नेपाली गलैंचाले अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान बनाएको तर हाल हुनपर्ने सोचेजस्तो स्थानमा पुग्न नसकेको बताए। उद्योग उत्पादन लागत, कच्चा पदार्थको आपूर्ति, दक्ष जनशक्तिको उपलब्धता र व्यवसायीकिकरणमा चुनौतीहरूको सामना गर्दै आएको बताए।

युवा पुस्तालाई केन्द्रित गर्दै उनले थपे,` आधुनिक प्रविधिको प्रयोग, नवीन सोच, र डिजिटल मार्केटिङमार्फत युवाहरूले गलैंचा उद्योगलाई उचाइमा लैजाने विश्आवास लिएकाे छु । मेरै कार्यकालमा नेपाली गलैंचा क्षेत्रको स्तरोन्नति गर्दै उत्पादन लागत घटाउने, निर्यात प्रवर्द्धन गर्ने, र सरकारसँग सहकार्य गरेर नीतिगत सुधारका पहलहरू अघि बढाउँछाै ।´

गलैंचा क्षेत्रमा आशाजनक र नवीन कार्यको सुरुवात गर्दै दीर्घकालीन समृद्धि सुनिश्चित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
कार्यक्रमका प्रमुख वक्ताहरूले नेपाली उद्योग व्यवसायलाई सशक्त बनाउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको महत्वलाई जोड दिएका छन्।

अधिवेशन नेपाल च्याम्बर अफ कमर्सका प्रतिनिधि, एफएनसीसीआई, फिन युएस नेपाल चेम्बर अफ कमर्श, लेबल स्टेप लगायत नेपालमा क्रियाशील अन्य उद्योगी व्यवसाय संस्थाका नेतृत्व र प्रमुख सदस्यहरूको महत्वपूर्ण उपस्थिति थियो भने सम्पूर्ण कार्य समिती सदस्यहरु, संघका पुर्व पदाधिकारीहरु संघका सदस्य सस्थाका प्रतिनिधिहरुको उल्लासमय उपस्थितिमा सम्पन्न भयो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर