काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गर्दा माथिल्लो निकायबाट नै अवरोध सृजना भएको बताए। उनले लाइन बिच्छेदगरी बक्यौता असुली गर्ने सहमतिको लागि आफूले विद्युत नियमन आयोगलाई पत्रचार गर्ने बित्तिकै पदबाट हटाउने निर्णय भएको जानकारी दिए।

उनले भने, प्राधिकरणले चार पटकसम्म लाइन बिच्छेद तथा अन्य विकल्प समेत अवलम्बनगरी बक्यौता असुलीको प्रयास गरिरहेकोमा पटक–पटक माथिल्लो निकायबाट नै अवरोध सृजना भएको कुरा सबैको जानकारीमा छ । लाइन बिच्छेदगरी बक्यौता असुली गर्ने सहमतिको लागि मैंले विद्युत नियमन आयोगलाई २०८१ चैत्र ११ गते पत्रचार गरेको थिए । त्यसलगत्तै मलाई बर्खास्त गर्ने निर्णय भयो । बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ ।
त्यस्तै उनले नेपाली जनतालाई भरपर्दो गुणस्तरिय पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित एवंम अपमानित बनाउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति समुह र शक्तिले आफूलाई सफल ठानेको बताए । नेपाली जनताले दिएको स्नेह र आर्शिवादले आफूलाई हार्न नदिएको उनको भनाई छ।

उनले भने,‘नेपाली जनतालाई भरपर्दो गुणस्तरीय पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक पूरागर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित एवंम अपमानित बनाउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति समुह र शक्तिले आफूलाई सफल ठानेको होलान तर नेपाली जनताले दिएको स्नेह र आर्शिवादले मलाई हार्न दिएको छैन ।’

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको भन्दै एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य र अविभारा कहिल्यै कम नहुने प्रतिबद्धता उनले जनाए । नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति नै खनिएको उनको गुनासो छ । तर त्यसबाट आफू कदापी उत्तेजित र हतोत्साहित नहुने पनि उनले बताए । ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र म बिदा भएको हुँ । एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य र अविभारा कहिल्यै कम हुने छैन ।

नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो । कसको स्वार्थमा म माथि जाहि लागेको थियो । भन्ने कुरामा नेपाली जनता आफै प्रष्ट हुनुहुन्छ । तर त्यसबाट म उत्तेजित र हतोत्साहित भएको छैन । किनकी एक राष्ट्रसेवक कर्मचारीको रुपमा मैले मेरो कार्यकाल समिक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको