काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा बिहिवार झापा एफसीले अफ्नो दोस्रो खेलमा काठमाडौं रेजर्सको सामना गर्नेछ। दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेलमा यी दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।

प्रतियाेगिताको उद्घाटन खेलमा काठमाडौं ललितपुर सिटी एफसीलाई २-२ को बराबरीमा राेकेको थियो। झापाले आफ्नो पहिलो खेलमा बुटबल लुम्बिनी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। त्यसैले आज झापा सानदार सुरुआत गर्ने योजनामा छ। काठमाडौं पहिलो सिजनको विजेता हो भने दोस्रो सिजनमा खास प्रदर्शन गर्न सकेन। झापा भने लिग चरणबाट बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर