काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्वोच्च अदालतको पूर्वन्यायाधिशको अध्यक्षतामा मानवअधिकार आयोग र नागरिक समाजको प्रतिनिधित्व रहनेगरि स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले बिहिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर आयोग गठनसहितको माग राखेर ज्ञापनपत्र बुझाएको हो।

राप्रपाले तिनकुने घटनालाई लिएर पक्राउ परेका पारटीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको रिहाइको माग पनि गरेको छ। राजसंस्था फर्काउने भन्दै तिनकुनेमा चैत्र १५ गते भएको प्रदर्शन उग्र बन्दा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो । मृतक सुरेश रजक र सबिन महर्जनलाई सहिद घोषणा गर्न पनि राप्रपाले माग गरेको छ।

यस्ता छन् मागहरु

सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबीन आयोग गठन हुनुपर्ने।
छानबीनका लागि गृहमन्त्रीको राजिनामा, चेत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बनगरिनुपर्ने।
मृतकहरुलाई शहीद घोषणा गरिनुपर्ने।
राप्रपा नेताहरु रबीन्द्र मिश्र र डा। धवल शमसेर राणा लगायत अन्य बन्दीहरुको रिहाई।
घाइतेहरुको निस्शुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर