काठमाडौं । पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालालगायतका वरिष्ठ नेताहरु बसेको काठमाडौं महाराजगन्जस्थित एक निवासमा घरधनीको अर्धकदको शालिक अनावराण गरिएको छ। लामो समय नेपाली कांग्रेसको राजनीतिपछि हाल नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष बनेका राजेश अधिकारीको अगुवाइमा निर्माण गरिएको स्वर्गीय माधवराज अधिकारी र अकलादेवी अधिकारीको अर्धकदको शालिक अनावरण गरिएको हो। अधिकारीद्वयलगायत चार जनाले करिब २० बर्षअघि स्वर्गद्धारीमा सवारी दुर्घटनामा ज्यान गुमाएका थिए।

यसअघि चितवन २ नागरिक उनमुक्ति पार्टीबाट चुनाव समेत लडेका उपाध्यक्ष अधिकारीले शालिक अनावरण कार्यक्रममा बोल्दै नेपाली नेताहरुले आफ्नो जिम्मेवारी भूलेको बताए।

उनले भने, ‘नेपाली जनताले परिवर्तन खोजेका छन्। युवाले अवसर खोजेका छन्। शुक्रबार तीनकुनेको घट्ना जनताको आक्रोश हो । रुपान्तरणकारी शक्तिलाई विश्वास गरेको अवस्थामा सरकारको दिग्भ्रमितपन हो । उहाँहरुको वेहोसीपन हो र  उहाँहरुको डरछेरुवापन हो। उहाँहरुले राज्य आतङ मच्चाएर राज्यको शक्तिमा जनताले कर तिरेको पैसाबाट लगाएका प्रहरीहरुको दुरुप्रयोग गरेर गरेको परिणाम हो। त्यो राज्यले भोग्नुपर्छ । पत्रकारको मृत्युवरणसम्मको कुरा अत्यन्तै खेदपुर्ण छ । सरकारले नैतिकताको आधारमा गृहमन्त्री र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ र नयाँ विकल्पको खोजी गर्नुपर्छ । नागरिक उन्मुत्ति पार्टीको माग पनि हो।’

यस्तै उनले राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई भ्रममा पारेर राजसंस्थालाई मागी खाने भाडो बनाएको बताए।

‘राप्रपाभित्र यति धेरै पुरातन सोचको जरा गाडेको छ नि त्यहाँभित्र नयाँ, नौलो रुप नै छैन्। राजालाई कुन हदसम्म संवैधानिक अधिकार दिने भन्ने विषय प्रस्ट पारेर आउनुपर्छ । उहाँहरुको हिन्दु राज्य एउटा बटमलाइन देखिन्छ र राजसंस्थालाई मागी खाने भाडो बनाएका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई उहाँहरुले झुक्याइरहेको जस्तो देखिन्छ। उहाँलाई झुक्काउने र फसाउने र राजाको नाममा आफूले राजनीति गर्न खोजेको जस्तो देखिन्छ,’ उनले भने। उनले कानून संशोधन गर्नुपर्ने र संघीयता थेग्न नसक्ने हो भने हटाउनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको