नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार राति अस्ट्रेलियाका ५६ वर्षीय ललाई दुई वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो।

५६ वर्षीय लले श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन्। उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए।

उनले अष्ट्रेलियाका लागि ५४ ओडिआई खेलेका छन्। यस्तै उनले एक टेष्ट म्याच समेत खेलेका थिए।

क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो। त्यसबाट क्यानले ल लाई नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर