काठमाडौ : राजसंस्थाकाे पक्षमा सडकमा प्रदर्शन जारी रहँदा केही वरिष्ठ सञ्चारकर्मीहरू पनि सक्रिय हुन थालेका छन् । जनताले लामाे संघर्ष र बलिदानबाट ल्याएकाे संघीय लाेकतान्त्रिक समावेशी गणतन्त्र उल्टाउने बाटाेमा उनीहरूले सक्रियता बढाएका छन् ।

यसरी खुलेरै राजसंस्थाकाे पक्षमा सक्रिय हुनेमा अनलाईनका सम्पादकदेखि चिनिएका अन्तर्वार्ताकारसम्म छन् । उसाे त ०६२/६३ काे जनआन्दोलनकाे बेलादेखिनै उनीहरूमध्ये  केहीले राजसंस्थाकै पक्षमा बाेल्दै आएका थिए । घिमिरेले सैद्धान्तिक रूपमा राजसंस्था विदा गर्ने संसदकाे वैधानिकतामाथि प्रश्न उठाउँदै आउनुभएकाे छ ।

यसरी अहिले राजाकाे पक्षमा आफू कार्यररत सञ्चारमाध्यममार्फत माहाेल बनाउन सक्रिय हुनेमा वरिष्ठ पत्रकार युवराज घिमिरे, भूषणदाहाल, टिकाराम चाैंलागाई ( यात्री) देखि जीवराम भण्डारी सम्म छन् ।

घिमिरे नेतृत्वकाे देश सञ्चार डट कम, भण्डारी सम्पादक रहेकाे याेहाे टिभि राजसंस्थाकाे पक्षमा सक्रिय हुन थालेकाे छ । अहिले कुनै पनि सञ्चारमाध्यममा पूर्णकालिन आवद्धता नभएका दाहाल र चाैलागाई भने राजाका पक्षमा सामाजिक सञ्जाल र छलफलमा सक्रिय छन् । टिकाराम पछिल्लो समय वैदिक सनातन हिन्दु धर्मकाे पक्षमा देखिँदै आएका छन् भने राजसंस्था फर्काउन चाहने समूहसँग उनकाे बाक्लाे उठबस देखिन्छ ।

याेहाे टिभिका सम्पादक रहेका जीवराम पुरानै राजावादी पत्रकार हुन् । ज्ञानेन्द्र शाहकाे सक्रिय शासनकालका उनी मिडिया हाउस पुगि पुगि कन्टेन्ट नियन्त्रणमा सक्रिय थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलबाट निर्मल निवाससम्म स्वागत भएकाे दिनपछि भण्डारीले आफ्नाे सामाजिक सञ्जालबाट पनि राजसंस्थाकाे पक्षमा माहाेल बनाृउन प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको