काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले ३ विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कम योगफलमै अलआउट भएको छ । देउखुरीमा भइरहेको खेलमा कर्णाली प्रदेशविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको हो ।
अर्जुन साउदले सर्वधिक ३६ तथा दिलिप नाथले ३४ रन बनाए । सागर ढकाल २२ रनमा अविजित रहे । कर्णालीका अनुजले १० ओभरमा २९ रन दिएर ४ विकेट लिए । कप्तान दिवानले १० ओभरमा २१ रन दिएर ३ विकेट लिए । दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले १-१ विकेट लिए ।



