काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा बिभिन्न राजनिक दलका नेताहरु र संघसगठनले विरोध प्रदर्शन गरेका छन्। कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ नेपालका प्रवक्ता सन्जिप राइले सामाजिक सन्जाल फेसबुक मर्फत सगठनका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई निर्णयको बिरोध गर्न अपिल गरेका छन्।

प्रवक्ता राईले “दैनिक १८ घन्टे लोडसेडिङका कारण अध्यारोबाट उज्यालो युगमा ल्याउने कुलमान घिसिङ, जस्लाई बिजुलिका पिता भन्दा फरक पर्दैन भनेका छन्। मुकुकका प्रधानमन्त्री र उर्जा मन्त्रीलाई लक्षित मन्त्रीलामन्त्रीलाई गरि दलाल माफियाहरुको इन्भटर र जेनेरेटरले बालेको बत्तिमा तास जुवा , क्यारम्बोर्ड र टेबलटेनिस खेल्ने नेताहरुले कुलमान लाई बर्खास्त गरेको आरोप लगाएका छन्।

नेता राईले माफिया बिचौलिया सरकारको दादागिरि धेरै नटिक्ने भन्दै कुशासनको आयु छोटो हुने र कुलमानको बर्खास्ति भयङ्कर प्रतिगमन हो दाबि गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर