
काठमाडौं : नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले नेपाल लाेकतान्त्रिक अपांग संघकाे चुनावलाई लिएर प्रश्न उठाएका छन् । शनिबार कांग्रेस मुख्यालय सानेपामा भएकाे अधिवेशनले पार्टीभित्रकाे आन्तरिक लाेकतन्त्र नाजुक देखिएकाे टिप्पणी गरेका छन् ।
`आफ्नैं पार्टीका साथीहरू बिकास थापा र कल्पना खड्का लगायतलाई प्रहरी घेरावन्दीमा राखेर गरिएको नेपाल लोकतान्त्रिक अपांग संघको निर्वाचन आपत्तिजनक छ!यसले पार्टी भित्रको आन्तरिक लोकतन्त्रको नाजुक अवस्थालाई दर्शाउँछ र पार्टीको कामलाई क्षुद्र स्वार्थ बनाउने प्रबृत्तिलाई उजागर गरेको छ यस्तै कृत्यले मौजुदा प्रणालीमा प्रश्न उठेको हो।अब नयाँ शिराबाट सोचिनेछ।यस्तो निर्वाचन गराउने निर्देशक समिति र अग्रगामी नारा उराल्ने पार्टी नेताहरुप्रति खेद प्रकट गर्दछु!!जय नेपाल ´, घिमिरेले भनेका छन् ।
थापा र खड्का दुवै अध्यक्षका उमेदवार हुन् ।
घटना के हाे ? विकास र कल्पनाकाे विज्ञप्ति हेर्नुस्