
कास्की । स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा अन्तिम नामावलीमा नाम काटिएकाे भन्दै नेविसंघ नेताहरूले क्याम्पस गेटमै अनसन शुरू गरेका छन् ।
नेपाल विद्यार्थी संघ इन्जिन्यरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस ( डब्लुआरसी) पोखराकाे मूल गेटमै नेविसंघ नेता कृषजंग कार्की र राजिप अधिकारीले साेमबार बेलुकीबाट अनशन सुरु गरेका छन्।
नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको उमेदवार रहेका प्रशान्त अधसकारीकाे नाम निर्वाचन समितिले प्रकाशित नगरेपछि नेविसंघ विराेधमा उत्रिएकाे हाे ।
निर्वाचन समितिले षड्यन्त्रपूर्वक सचिवकाे नाम अन्तिम नामावलीमा प्रकाशन नगरेपछि साे नाम कायम गर्न माग गर्दै नेविसंघका १३ केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ति जारी गर्दै शुक्रबार क्याम्पसका तालाबन्दी गरेका थिए । तर, साेमबार बेलुकीसम्म पनि माग पूरा नगरेकाे भन्दै क्याम्पसकाे मूल गेटमै अनसन शुरू गरिएकाे अनसनरत कार्कीले बताए । दर्ता गरेकाे नाम कायम नभएसम्म स्ववियू निर्वाचन हुननसक्ने उनीहरूकाे अडान छ ।