काठमाडौं। नेपाल विद्यार्थी संघले पद्मकन्या क्याम्पस स्ववियु चुनावका लागि भूपेश्वरी ऐर भूपी नेतृत्वको टिमलाई आधिकारिकता दिएको छ। सोमबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले ऐर नेतृत्वको समूहलाई आधिकारिकता दिएका हुन्।
निर्वाचन अधिकृतलाई पत्र पठाउँदै अध्यक्ष शेर्पाले नेविसंघको आधिकारिक समर्थन ऐर नेतृत्वको समूहका उम्मेदवारलाई भएको खुलाएका छन्। मंगलबार स्ववियु चुनाव हुँदैछ। पद्मकन्यामा नेविसंघबाट ऐर र पूर्णिमाया परियारले सभापतिमा उम्मेदवारी दिएका थिए।



