काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियाेगितामा बागमतीविरुद्ध लुम्बिनी प्रदेश ११५ रनमा समेटिएको छ। लुम्बिनीले ३१ दशमलव ४ ओभरमा ११५ रन मात्र बनाउँदा सबै विकेट गुमाएको थियो। लुम्बिनीका लागिआकाश त्रिपाठीले ५३ बलमा ३३ रन, मनिष थापाले ३५ बलमा १५ र कप्तान देव खनालले २७ बलमा १५ रन बनाएका थिए।
दाङको लमहीमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीलाई सस्तैमा समेट्न बागमतीका गौतम केसीले ४ विकेट लिएका थिए। सूर्य तामाङ र इसान पाण्डेले समान २-२ विकेट झारेका थिए। अबको केहीबेरमा खेलको दोस्रो इनिङ्स सुरु हुनेछ।



