
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। सिटीको घरेलु मैदान एतिहाद स्टेडियममा शनिबार राति सम्पन्न खेलमा सिटी ब्राइटनसँग २–२ गोलको बराबरीमा रोकिएको हो। म्यानचेस्टर सिटीका लागि इर्लिंग हलाण्ड र ओमार मार्मोउशले एक एक गोल गरे भने ब्राइटनका लागि पेर्भिस इस्तुपिनान र एक गोल सिटीका अबडुकोडिर खुसानोभले आत्मघाती गोल गरेका थिए।
बराबरीसँगै सिटीको २९ खेलमा ४८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ। त्यसैगरी ब्राइटनको २९ खेलमा ४७ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ।
अन्य खेलको नतिजा
एभर्टन भर्सेस वेस्टह्याम (१–१)
साउथ ह्यामटन भर्सेस उल्भ्स (१–२)
इप्सविच भर्सेस नटिङ्घम फरेस्ट (२–४)
बोर्नमाउथ भर्सेस ब्रेन्डाफ्रोर्ट (१–२)