
पाल्पा। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पू्व विशिषटलाई आजिवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रष्ट पार्नुभयो।
यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उहाँको भनाई छ। ०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याउनुभएको थियो। अहिले त्यस्तै प्रकृतिको कानून निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रष्ट पार्नुभएको हो। अहिले सरकारका विरूद्द विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै यथार्थ बुझ्नुपर्नेमा जोड दिनुभयो। उहाँले हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयो।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त भएको भन्दै कसैले किस्तिमा राखेर नदिएको बताउनुभयो। प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिरहेको सिंहले बताउनुभयो। नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले आउँदा चुनौति सामना गर्न एकतावद्द कांग्रेस बनाउनुपर्नेमा जोड दिनुभयो।
कांग्रेसलाई केन्द्रमा राखेर काम गर्नुपर्यो । यो गुट त्यो गुट होइन एकतावद्द बलियो कांग्रेस बनाउन लागौं,झ उहाँले भन्नुभयो, कांग्रेसको मूल चुनौति नै पार्टी व्यवस्थापन हो । पार्टीलाई केन्द्रमा राखेर सबैले काम गरौं ।