काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २६७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस जितेको बागतीले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६६ रन बनाएको हो।

ओपनर आशुतोष घिरौया र तेस्रो क्रमका ब्याटर शुभ कन्साकरले अर्धशतकीय पारीले खेलेका हुन् । बागमतीका लागि शुभ कन्साकरले सर्वाधिक ७७ रन बनाए । उनले ६८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर आशुतोष घिरौयाले १०१ बलमा ५ चौकासहित ५८ रन बनाए ।

इशान पाण्डेले ३६ रन, कप्तान पृथु बास्कोटाले १५ रन बनाउँदा विवेक मगरले १० र प्रतिश जिशीले १५ रन बनाए । सुमन सुनार १२ र सुर्य  तामाङ २ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले समान २–२ विकेट लिए । नारायण जोशी र राहुल भण्डारी १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको