काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशले लगातार तेस्रो हार व्यहोरेको छ। बुधबार एकस्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले कोशीलाई १५४ रनको फराकिलो अन्तरले हराएको हो । पुलिसले दिएको २८९ रनको बलियो लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १३४ रनमा अलआउट भयो।

कोशीका लागि सुजन थपलिया ३३ रनमा अविजित रहे भने कप्तान अंकित सुवेदीले २१ रन बनाए। शाकिब हकले १७ र फिर्दोश अन्सारीले १० रन बनाए। पुलिसका करण केसीले ८ ओभरमा २९ रन दिएर ३ विकेट लिए। ललित राजवंशी र कुशल भुर्तेलले २-२ तथा सागर ढकाल, दिपेन्द्रसिंह ऐरी र गुल्शन झाले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनायो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। त्यस्तै दिलिप नाथले ६१ रन बनाए ।राशिद खान र अर्जुन साउदले समान ३८ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शन झाले २१ रन बनाए।

कोशीका भुपाल लुइटेलले १० ‌ओभरमा ३७ रन दिएर ३ विकेट लिए। प्रकाश कार्कीले २ तथा दिपेश कँडेल, फिर्दोश अन्सारी र शर्वन किस्कुले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको