काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले लोकतन्त्रको खतरा सरकार आफंैबाट भएको बताएकी छिन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सदन, सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सकेपनि तर जनताको चेतना नियन्त्रण गर्न नसक्ने बताएकी हुन्।

उनले भनिन्, ‘सरकार नयाँ उदाउँदै गरेको शक्तिहरुमाथि दमन गर्न उद्दत छ । सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भिर संकटमा छ। यो सरकार आफैंले निम्त्याएको हो । सरकारले कानुनलाई प्रतिसोधको तरबार बनायो। सदनमा प्रश्नको जवाफ नदिने, सांसदलाई होच्याउने पत्रकारको पास खोस्ने । सामाजिक सञ्जाल नियान्त्रण गर्न विधेयक लिएर आउने निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने यी सबै नियन्त्रणमूखी शासकका लक्ष्यणहरु हुन्। सरकारले सदन,सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन्। त्यसैले लोकतन्त्रको असलि खतरा कोही हो भने सरकार आफैं हो।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको