काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।

जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो । यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ।

नेपालले अर्को खेल बिहीबार युगाण्डासँग र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको