काठमाडौं। सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसन र श्री टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा टुसाल र मध्यपुरले १–१ को बराबरी खेलेका हुन्।

खेलको ४१औँ मिनेटमा सन्तोष गोंबाले गोल गर्दै मध्यपुरलाई अग्रतामा राखेका थिए। तर ६६औँ मिनेटमा विनोद नेम्वाङले गोल गर्दै टुसाललाई खेलमा फर्काए । यसपछि दुवै टिमबाट गोल नहुँदा खेल बराबरीमा टुंगिएको हो। आइतबारदेखि सुरु भएको प्रतियोगितामा कुल १४ टिमको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको