काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन्। शहरी विकास मन्त्रालयमा मंगलबार उपप्रधानमन्त्री सिंहले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरुसँग छलफल गरेका हुन्। सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य शहर बनाउने, उपत्यकाका नदि प्रणाली सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा मेयर र उपमेयरहरुले धारणा राखेका थिए।

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सफा, स्वच्छ र यहाँ बग्ने नदिहरुलाई सफा बगाउनका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले उपत्यकाका नदि प्रणाली स्वस्छ बनाउन सेप्टिक ट्यांक अभियान चलाउनुपर्ने बताए। उनले सेप्टिक ट्याङ्क बनाउने कार्यलाई उपत्यकामा अभियानकै रुपमा अगाडी बढाउनुपर्नेमा आफ्नो जोड रहेको बताए।

‘उपत्यकाका बग्ने नदिहरुलाई स्वच्छ बनाउनुपर्यो । त्यसका लागि अहिले जुन दुर्गन्ध छ त्यसलाई हटाउन हामीले सेफ्टी ट्यांकी बनाउने अभियानमा लाग्नैपर्छ। अब नयाँ बन्ने ठाउँमा सेप्टी ट्यांक हरेक घरमा बनाउनुपपर्यो। जहाँजहाँ घर बनिसके , ठाउँ छैन भने १०÷१५ घरको एक ठाउँमा भएपनि सेफ्टी ट्यांकी बनाउनुपर्यो,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ। त्यसलार्ई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेफ्टी ट्यांकको अभियाननै चलाउनैपर्यो। नत्र , नदि स्वच्छ हुँदैन, दुर्गन्ध हट्दैन ।’ उनँले उतप्यकालाई स्वच्छ, सफा र स्वस्थ राख्न तिनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए।

उनले आफूले शहरी विकास मन्त्रालय सम्हालेदेखिनै बाग्मती र धोबिखोलामा अर्बौ खर्च भएपनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेको र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिनका लागि आवश्यक काम अघि बढाउन भनिसकेको बताए। छलफलमा उपत्यकाका भिभिन्न पालिकाक प्रमुख र उपप्रमुखहरुले फोहोरमैला व्यवस्थापन, नदिको स्वच्छता र सफाई, शहरी पूर्वाधारको विकासमा आउने बजेटले सम्बोधन गर्नुपर्ने बताएका थिए।

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्नयोग्य व्यवस्थित शहर बनाउनका लागि पालिकामा गर्न सकिने कामबारे कार्ययोजना पेश गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधनका लागि अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको