रामेछाप । मानिसहरू सहर पसेपछि गाउँ खालि हुँदै जाँदा त्यसको प्रभाव सांस्कृतिक सम्पदाहरूमा पनि पर्न लागेको छ।

गाउँमा मानिसहरू बस्न छाडेपछि पुराना सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू संरक्षणको अभावमा ढल्न र नष्ट हुन लागेका छन्। ती सम्पदाहरूको संरक्षणमा ध्यान नदिने हो भने केही समयमा नै नष्ट भएर जाने अवस्था सिर्जना भएको ।

गाउँमा मानिसहरू बस्न छाडेपछि बौद्ध धर्मालम्बिले आफन्तहरूको स्मरणमा बनाएका पुराना मानेहरू (छ्योर्तेन) नष्ट हुन लागेका सुनापति गाउँपालिका–४ बेथानका राजकुमार मैनाली बताउँछन्। वर्षौँ पुराना यस्ता धार्मिक तथा सांस्कृतिक संरचनाहरू अहिले खण्डहरमा परिणत भएका उनले बताए । ‘गाउँमा संरक्षण गर्ने मान्छे छैनन्, युवा जति सबै सहर र विदेशमा छन्, गाउँमा भएका बुढापाकाले काम गर्न सक्दैनन्, त्यसैले प्राचीन सम्पदाहरूको संरक्षण हुन छाडेको छ’, उनले भने।

सुनापति गाउँपालिका–४ भ्वासामा रहेका यस्ता पुराना मानेहरू ढल्ने अवस्थामा पुगेका मैनालीले जानकारी दिए । ‘ती संरचना १ सय ५० वर्ष भन्दा पनि अगाडि हुन्, संरक्षण हुन नसक्दा खण्डहर भएका छन्, कुनै पनि बेला माटोमा बिलाउने अवस्था छ’, उनले भने।

सुनापति–४ बेथानका अम्मरध्ज तामाङ यस्ता प्राचीन धार्मिक र सांस्कृतिक सम्पदा जोगाउने कुरा चुनौतीपूर्ण बन्दै गएको बताउँछन्। ‘ती सम्पदा बनाउनेका सन्तानहरू गाउँ छाडेर हिँडे, गाउँमा बस्नेले त्यसको संरक्षण गर्न सक्ने अवस्था छैन, यस्ता संस्कृति र सम्पदा स्थानीय सरकारले संरक्षण नगर्ने हो भने सबै नष्ट हुन्छन्, इतिहास नै मरेर जान्छ’, उनेले भने।

बेथाको मात्र होइन जिल्ला भरिकै अवस्था यस्तै छ । अहिले यस्तै प्राचीन ऐतिहासिक माने, छ्योर्तेनहरु, मन्दिर, धारा, चौतारा, पँधेराहरू संरक्षणको पर्खाइमा छन्। संरक्षण नहुँदा नेपाली परम्पराको पहिचान दिने ती सम्पदाहरू बिस्तारै नष्ट हुँदै गएका छन् । यसको संरक्षणमा स्थानीय सरकार र नागरिक समाजको ध्यान जान आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको